TodayPati

नेपाल टी–२० : जनकपुर रोयल्सको टिम र जर्सी सार्वजनिक

टुडेपाटी–
काठमाडौं, पुस ५ गते ।

नेपाल टी–२० लिगमा खेल्ने जनकपुर रोयल्सले आफ्नो टिम र जर्सी सार्वजनिक गरेको छ ।

मंगलबार जनकपुरले कार्यक्रम गर्दै जर्सी सार्वजनिक गरेको हो । साथै टिम लिस्ट र कप्तान समेत घोषणा गरेको छ ।

Sponsored

जनकपुरको कप्तानमा ट्रेभोन ग्रिफिन, मार्की प्लेअर सोमपाल कामी, मुख्य प्रशिक्षक उमेश पटवाल, टिम मालिक गोविन्द खन्डेलवाल लगायतले जर्सी सार्वजनिक गरे ।

राष्ट्रिय टिमका फास्ट बलर सोमपाल कामी मार्की प्लेअर रहेको जनकपुर टिममा सन्दीप जोरा, आदिल आलम, दिलिप नाथ, ललित राजवंशी, सुशन भारी, सागर पुन, पवन सर्राफ, जितेन्द्र मुखिया, राजेश पुलामी, खड्ग बोहरा छन् ।

यस्तै विदेशी खेलाडीमा वेष्ट ईन्डिजका चाडविक वाल्टन र ट्रेभोन ग्रिफिन, केस्रिक वसलियम्स छन् । श्रीलंकन असान प्रिएनजन, अफगानिस्तानका सरफुद्दिन असरफ, र समिउल्लाह सेनवारी पनि जनकपुरमा छन् ।

Sponsored

कप्तान ग्रिफिनले नेपालमा खेल्न उत्साहित रहेको बताए ।

प्रशिक्षक पटवालले अनुभवी र टिम ह्यान्डल गर्न सक्ने कप्तान खोज्ने क्रमममा ग्रिफिनलाई यो जिम्मेवारी दिएको बताए । सोमपालले उपकप्तानको रुपमा ग्रिफिनलाई सघाउने उनले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

One thought on “नेपाल टी–२० : जनकपुर रोयल्सको टिम र जर्सी सार्वजनिक

  • December 21, 2022 at 8:57 pm
    Permalink

    Can I have 1 jersy of janakpur royals

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *