TodayPati

सागरनाथ वन प्रमुखविहीन भएपछि कर्मचारीकै सेटिङ्गमा वन फडानी

टुडेपाटी-
सर्लाही, वैशाख १५ गते ।

लकडाउनको मौकाछोपी सर्लाहीको सागरनाथ वनमा दैनिक सयौँ रुख कटान हुन थालेको छ ।
सागरनाथ वन विकास परियोजनाको क्षेत्रबाट कटान हुन थालेको हो ।

वन विकास परियोजनाका तत्कालीन प्रमुख देवेशमणि त्रिपाठीको पदोन्नति भएर परियोजना छोडेपछि परियोजना प्रमुखविहीन छ ।

Sponsored

परियोजना प्रमुख नभएको मौका छोपेर वन तस्कर तथा परियोजनाकै केही कर्मचारीको मिलोमतोमा रुख कटान भइरहेको वनका एक कर्मचारीले जानकारी दिए । नयाँ रुख कटानका साथै गोदाममा काटेर राखेको एक लाख घनफिट काठ चोरी भइसकेको उनले बताए ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीका अनुसार कोरोना भाइरस नियन्त्रणमा लागिरहेको समयमा तस्कर चोरी सिकारमा लागिपरेको हुन सक्ने बताए । तस्कर नियन्त्रणका लागि सुरक्षाकर्मी परिचालन गरिने उनले जनाए ।

छिमेकी जिल्ला सिन्धुलीबाट समेत तस्करले चोरी गरेका काठ सर्लाहीको लालबन्दी, हरिवन, वाग्मती तथा फुलजोरको भित्री बाटो हुँदै जिल्लाका विभिन्न स्थानका चिरान मिलका साथै छिमेकी देश भारतका विभिन्न बजारमा समेत पु¥याउने गरेका छन् ।

Sponsored

लकडाउनको समयमा वन कर्मचारीको वन गस्ती कम हुने र मानिसको समेत आवतजावत कम हुने गरेका कारण पनि वन तस्कर थप सक्रिय भएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *