TodayPati

धनुषाका एसपी बसन्त रजौरेको सरुवा

टुडेपाटी–
जनकपुरधाम, पुस ४ गते ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षकको रुपमा विश्वराज खड्का आउने भएका छन् ।

प्रहरी प्रधान कार्यालयले २३ जना प्रहरी उपरीक्षकको काज सरुवा गर्दा हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय काठमाडौँमा रहेका खड्कालाई जिल्ला प्रहरी कार्यालय धनुषामा काज सरुवा गरिएको छ ।

Sponsored

यस्तै, हाल धनुषामा रहेका प्रहरी उपरीक्षक बसन्त रजौरेलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, काठमाडौँमा काज सरुवा गरिएको हो ।

यस्तै, जिल्ला प्रहरी कार्यालय पर्सामा कोमल शाह, जिल्ला प्रहरी कार्यालय सर्लाहीमा नरेश राज सुवेदी काज सरुवामा आउने भएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *