TodayPati

मतदाताको गुनासो सुन्न सीके राउतको सक्रियता

टुडेपाटी–
सप्तरी, पुस ३ गते ।

सप्तरी २ बाट प्रतिनिधिसभामा निर्वाचित जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जनताको गुनासाको सम्बोधन गर्न सक्रियता लिएका छन् ।

सप्तरीको राजविराजस्थित आफ्नो जनसम्पर्क कार्यालयमा राखिएको ‘जनआवाज पेटिका’मा आएको गुनासो अध्ययन गर्दै उनले समाधानको लागि पहल थालेका हुन् ।

Sponsored

शनिवार पेटिकमा आएका विभिन्न गुनासालाई अध्ययन गर्दै उनले सम्बन्धित व्यक्तिलाई आफैले सम्पर्क गरेका थिए । गुनासो गरेका व्यक्तिलाई फोन सम्पर्क गरेर आवश्यक जानकारीसहित समाधान गर्ने प्रयास गरिएको पार्टीका नेता एवं सप्तरी २ (ख) का प्रदेश सभा सदस्य महेश यादवले बताए ।

जनआवाज पेटिकामा हालसम्म ३५ देखि ४० वटा गुनासाहरु आएको उनले बताए ।

नेता यादवका अनुसार शिक्षा, स्वास्थ्य, कृषि, रोजगारदेखि घरायसी झगडासम्मको गुनासो आएको हो । गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा भएका सुविधाहरु नपाएको बारे पनि गुनासो आएको छ । त्यहाँका डाक्टरले समयमा उपचार नगर्ने, भएका सुविधा पनि विरामीलाई नदिने जस्ता गुनासो आएको उनले बताए ।

Sponsored

गहुँ छर्ने बेला भइसक्दा किसानले मल नपाएको गनुासो पनि आएको, विद्यालयमा पढाई नभएको, शिक्षकहरु समयमा विद्यालय नआएको जस्ता गुनासो आएको उनले बताए ।

गुनासोलाई समाधान गर्नका लागि अब विभिन्न समिति बनाउन लागिएको उनले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *