TodayPati

नेपाल टी–२० लिगका लागि जनकपुर रोयल्सद्वारा मुख्य प्रशिक्षक नियुक्त

टुडेपाटी–
जनकपुरधाम, पुस १ गते ।

नेपाल टी–२० लिग क्रिकेट प्रतियोगिताका लागि जनकपुर रोयल्सले उमेश पटवाललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक रहेका पटवाललाई जनकपुरले बिहीबार प्रशिक्षकमा नियुक्त गरेको जनाएको हो । पटवालले नेपालसँगै अफगानिस्तान, युएई र भारतका स्थानीय क्लब हेरेका छन् ।

Sponsored

नेपाल क्रिकेट संघले पहिलो पटक आयोजना हुन गर्न लागेको टी २० लिगमा ६ टोलीको सहभगिता रहनेछ । जनकपुरले आफ्नो पहिलो खेलमा पोखरा एभेन्जर्सको सामना गर्नेछ । यसका लागि जनकपुरले खेलाडीहरुको टुंगो समेत लगाइसकेको छ ।

जनकपुर रोयल्स
सोमपाल कामी, सन्दीप जोरा, आदील आलम, दिलिप नाथ, ललित राजवंसी, सुशन भारी, सागर पुन, पवन सर्राफ, जितेन्द्र मुखिया, खडक बोहरा र राजेश पुलामी

विदेशी खेलाडी : एडम लिथ, ट्रेभोन अबसाई गिफ्त, इब्राहिम जाद्रान, राज रक्की ननान र सुभासिंहे प्रियाजान

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *