TodayPati

भारतबाट फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

टुडेपाटी–
काठमाडौँ, पुस १ गते ।

भारतबाट फेरि पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर पठाएको छ ।

Sponsored

शुक्रबार आईओसीले पठाएको सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेलमा १२ रुपैयाँ ३१ पैसा र हवाई इन्धनमा १० रुपैयाँ ६१ पैसा घटेको छ।

यसअघि घटेर आउँदा निगमले घाटा धेरै रहेको भन्दै मूल्य समायोजन गरेको थिएन।

यस पटक इन्धनको मूल्य घटाउने तयारी निगमले गरेको छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *