TodayPati

पाँच महिनामा बिकास बजेट नौ प्रतिशत मात्रै खर्च

टुडेपाटी–
काठमाडौं, पुस १ गते ।

चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारले ९ प्रतिशत विकास बजेट मात्र खर्च गर्न सकेको छ ।

यस्तै, कुल बजेट खर्च २४ दशमलव २६ प्रतिशत बराबर देखिएको हो ।

Sponsored

चालू आवका लागि सरकारले कूल रु १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख बराबरको बजेट ल्याएकोमा मंसिर मसान्तसम्ममा रु चार खर्ब ३५ अर्ब २१ करोड ११ लाख बराबर खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

यस अवधिमा पुँजीगत खर्च करिब नौ प्रतिशत बराबर मात्रै देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार मंसिर मसान्तसम्ममा संघ सरकारको पुँजीगत खर्च रु ३३ अर्ब ९९ करोड १६ लाख बराबर छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *