TodayPati

धनुषामा बञ्चरो प्रहार गरि आफ्नै श्रीमतीको हत्या

टुडेपाटी-
जनकपुरधाम, मंसिर २६ गते ।

धनुषामा श्रीमानले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । धनुषाको बटेश्वर गाउँपालिका वडा नंं. ५ शान्तिपुरका विरेन्द्र यादवले श्रीमती २७ वर्षीया रिता देवी यादवको गए राति सुतेकै स्थानमा हत्या गरेको प्रहरीले जनाएको छ ।
बञ्चरो प्रहारबाट गम्भीर घाइते रितालाई श्रीमान् विरेन्द्रले जनकपुरको काव्या अस्पताल पुर्याएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको छ । घटना पश्चात प्रहरीले थालेको अनुसन्धानमा श्रीमान विरेन्द्रले नै बञ्चरो प्रहार गरी हत्या गरेको खुलेको धनुषाका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

डिएसपी क्षेत्रीका अनुसार घटनालाई मोड्न विरेन्द्रले आफै बञ्चरो प्रहार गरी अज्ञात समूहले गरेको र आफू उपचारको लागि श्रीमतीलाई हस्पिटल पुर्याएका थिए । शंका लागेर सोधपुछ तथा अनुसन्धान थालेपछि विरेन्द्रले आफूले नै बञ्चरो प्रहार गरी हत्या गरेको खुलेको डिएसपी क्षेत्रीले बताए ।

Sponsored

उनले प्रहार गरेको बञ्चरो आफ्नै बारीमा रहेको पोखरीमा फालेका थिए । बञ्चरो प्रहरीले बरामद गरेको छ । श्रीमान विरेन्द्रलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

आइतबार राति ११ बजेको समयमा घरमा सुतिरहेकी रितामाथि सुतेकै ओछ्यानमा धारिलो हतियार प्रहार भएको थियो । श्रीमान् विरेन्द्र भने घटनाको बेला आफू अर्को कोठामा सुतेको प्रहरीलाई बयान दिएका थिए ।

उनको एक चार वर्षीयर र एक ६ वर्षीय दुई छोरा छन् । स्थानीयका अनुसार विरेन्द्रले श्रीमतीलाई कुटपिट तथा यातना दिँदै आएका थिए । तीन महिना अघि विरेन्द्रले विहेमा पाएको फर्निचरसहितका समान लिएर रितलाई माइत महोत्तरीको भंगहा नगरपालिका ९ अजगेबा पुर्याएका थिए । त्यहाँका स्थानीयले उनलाई फर्काएका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *