TodayPati

समानुपातिक सांसदको सूची बुझाउने आज अन्तिम दिन

टुडेपाटी
जनकपुरधाम, मंसिर २४ गते ।

गत ४ मंसिरमा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा अन्तर्गतको समानुपातिकतर्फका सांसदहरूको नाम टुंगो लगाउने आज अन्तिम दिन रहेको छ । निर्वाचन आयोगले समानुपातिकर्फ निर्वाचित हुनेहरूको नाम बुझाउन आज ४ बजेसम्मको समय दिएको हो । 

जसका लागि राजनीतिक दलहरु अन्तिम गृहकार्यमा जुटेका छन्। मुख्य राजनीतिक दलहरूले समानुपातिक सांसदको टुंगो लगाउनेगरी शनिबार पार्टीको बैठक आह्वान गरेका छन्। 

Sponsored

प्रतिनिधिसभामा एमालेले समानुपातिकतर्फ ३४, कांग्रेसले ३२ र माओवादी केन्द्रले १४ जना सांसद पठाउनु पर्नेछ। त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले १३ तथा जसपा र राप्रपाले ७/७ जना पठाउने छन्।
जनमत पार्टीले समानुपातिकतर्फ ४ सांसद पाएको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *