TodayPati

शिक्षामा सरकारले लगानी गरेअनुसार प्रतिफल आएन : प्रधानमन्त्री देउवा

टुडेपाटी–
काठमाडौं, मंसिर २३ गते ।

उच्च शिक्षामा समयानुकूल सुधार गर्दै जानुपर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन्।

शुक्रबार त्रिविको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवाले सरकारले आधारभूत तहदेखि उच्च शिक्षासम्म उचित स्रोत र साधन उपलब्ध गराए पनि त्यसअनुसार प्रतिफल नदेखिएको बताए।

Sponsored

उनले भने, ‘उच्च शिक्षामा समयानुकूल सुधार गर्नै जानुपर्छ। सरकारले आधारभूत तहदेखि उच्च शिक्षासम्म उचित साधन र स्रोत उपलब्ध गराएको छ। तर लगानीको तुलनामा शिक्षा क्षेत्रमा प्रतिफल आउन सकेको छैन ।’

विश्वविद्यालयहरूमा सैद्धान्तिक र औपचारिक शिक्षामा जोड दिइएकोमा अब व्यवहारिक र जीवनपयोगी शिक्षामा जोड दिइनुपर्ने प्रधानमन्त्री देउवाले भने ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *