TodayPati

मधेश प्रदेशसभामा १० दलको सहभागिता रहने

टुडेपाटी–
जनपकुरधाम, मंसिर २२ गते ।

मधेश प्रदेशको प्रदेशसभामा १० दलको प्रतिनिधित्व हुने भएको छ । मंसिर ४ मा सम्पन्न निर्वाचनको प्रत्यक्ष तथा समानुपातिक तर्फको मत परिणाम आइसकेपछि १० दलले प्रदेशसभामा उपस्थिति जनाउने भएको हो ।

१०७ सिट रहेको मधेश प्रदेश सभामा प्रत्यक्षमा १५ सिट जितेको नेकपा एमालेले समानुपातिकमा ८ सिट थपेर २३ सिट प्राप्त गर्दै पहिलो दल बनेको छ।

Sponsored

यस्तै, प्रत्यक्षमा १३ सिट जितेको कांग्रेसले समानुपातिकमा सबैभन्दा बढी ९ सिट जिते पनि २२ सिटसहित दोस्रो स्थानमा छ।

२०७४ को निर्वाचनमा मधेशमा पहिलो दल बनेको जसपा यसपालि प्रदेश सभामा तेस्रो दल बनेको छ। जसपाले प्रत्यक्षमा ९ र समानुपातिकमा ७ सहित १६ सिट जितेको छ।

प्रत्यक्षमा ६ सिट जितेको जनमत पार्टीले समानुपातिकमा ७ सिट हासिल गरी १३ सिटसहित चौथो दल बन्दा लोकतान्त्रिक समाजवादी पार्टीले प्रत्यक्षमा ७ र समानुपातिकमा दुई सिट पाएर पाँचौं दल भएको छ।

Sponsored

मधेशमा माओवादीले प्रत्यक्ष र समानुपातिकमा चार÷चार गरी ८ सिट जितेको छ भने नेकपा (एकीकृत समाजवादी) ले प्रत्यक्षमा ४ र समानुपातिकमा ३ सिट पाएको छ।

प्रत्यक्षमा ६ सांसद स्वतन्त्र उम्मेदवारीबाट आएका छन्।

राप्रपा, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्ष तर्फ नजितेपनि समानुपातिकतर्फ एक÷एक सिट जितेका छन्।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *