डा. सिके राउतले भेटे उपेन्द्र यादव
टुडेपाटी-
जनकपुरधाम, मंसिर २१ गते ।
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसंग भेटघाट गरेका छन् । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सप्तरी २ बाट राउत उपेन्द्र यादवलाईं दोब्बर भन्दा बढी मतले पराजित गर्दै विजयी भएका थिए ।
निर्वाचित भए पश्चात डा. राउतले यादवलाई बुधबार भेटवार्ता गरेका हुन् । उनले यादवलाई भेटेको तस्वीर आफ्नो अधिकारिक सचिवालयमा सार्वजनिक गरेका छन् ।
अध्यक्ष राउतले मिलेर मधेसको हितमा काम गर्न अध्यक्ष यादव समक्ष प्रस्ताव गरेको सो पार्टीका महासचिव चन्दन सिंहले बताए । एक अर्काको सहयोगले मात्र मधेसको मुक्ति सम्भव रहेको कुरा अध्यक्ष राउतले राखेको र त्यसमा अध्यक्ष यादव पनि सकारात्मक रहेको उनले बताए ।
तस्वीर अहिले समाजिक संजालमा भाइरल भइरहेको छ ।
Sponsored