धनुषा ३ मा हारको समीक्षा गर्दै लोसपा
टुडेपाटी–
जनकपुरधाम, मंसिर २१ गते ।
मंसिर ४ को निर्वाचनमा धनुषा ३ मा भएको पराजयका बारेमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालले समीक्षा थालेको छ ।
समीक्षाका लागि लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो पनि जनकपुरधाम पुगेका छन् ।
२०७४ को निर्वाचनमा धनुषा ३ बाट नेता महतोले चुनाव जितेका थिए । यसपटको चुनावमा महतोले सो क्षेत्र सोही पार्टीका कार्यकारिणी सदस्य अनिल कुमार झालाई छाडेर सर्लाही २ बाट चुनाव लडेका थिए ।
तर धनुषा ३ मा झा र सर्लाही–२ मा महतो दुबैजना पराजित भए । नेता झालाई एमालेकी जुली महतोले पराजित गरेकी हुन् भने महतोलाई नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवले पराजित गरेका छन् ।
धनुषा ३ महतोको पुरानो चुनावी क्षेत्र भएको कारणले उनलाई पनि बैठकमा बोलाइएको हो । सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका नेता झा कसरी पराजित भए भन्ने बारेमा समीक्षा भइरहेको बताइएको छ ।
Sponsored
Nepali congress ko Karan le