सत्ता गठबन्धनले गठबन्धनलाई निरन्तरता दिने
टुडेपाटी-
जनकपुरधाम, मंसिर १९ गते ।
सत्ता गठबन्धनले निरन्तरता दिने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो ।
‘गठबन्धनलाई निरन्तरता दिने र गठबन्धनकै नेतृत्वमा सरकार बनाउने निर्णय भएको छ । बैठकमा चुनावको समीक्षा गरिएको छ ।’ बैठकमा सहभागी एक नेताले भने ।
बैठकमा मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा गठबन्धनको पक्षमा अपेक्षाकृत नतिजा नआएको पनि निष्कर्ष निकालिएको छ । यधपी तत्काल गठबन्धनलाई निरन्तरता दिने निर्णय भएको ती नेताको भनाइ छ ।