TodayPati

मधेश प्रदेश : नवनिर्वाचित जनप्रतिनिधिलाई २ सय ५ किलोको माला

टुडेपाटी–
बारा, मंसिर १७ गते ।

बारा निर्वाचन क्षेत्र ४ का निर्वाचित प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठ र ४ (ख) का निर्वाचित प्रदेशसभा सदस्य जितेन्द्र सोनललाई स्थानीयहरूले २ सय ५ किलोको मालाले सम्मान गरेका छन् ।

सत्ता गठबन्धनको तर्फबाट निर्वाचित दुबैजनालाई बाराको परवानिपुर गाउँपालिका ५ बहुआरिमा आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा स्थानीयहरूले सम्मान स्वरूप २०५ किलोको माला लगाइदिएका हुन् ।

Sponsored

मंसिर ४ मा भएको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा पाँच दलीय गठबन्धनको तर्फबाट बारामा श्रेष्ठ र सोनल मात्रै निर्वाचित भएका हुन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *