TodayPati

सप्तरीमा १३८ उम्मेदवारको जमानत जफत

टुडेपाटी–
सप्तरी, मंसिर १६ गते ।

मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सप्तरीमा १३८ उम्मेदवारको जमानत जफत भएको छ ।

जिल्लामा १७६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेकोमा प्रतिनिधिसभा सदस्यतर्फ ५८ र प्रदेशसभामा ८० गरी कूल १३८ उम्मेदवारको जमानत जफत भएको हो ।

Sponsored

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा १७, क्षेत्र नम्बर २ बाट १३, ३ बाट १५ र क्षेत्र नम्बर ४ बाट १३ जना गरी ५८ जना प्रतिनिधिसभा सदस्यका उमेदवारको जमानत जफत भएको छ ।

प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नम्बर १(क) मा ८ र (ख) मा ७, क्षेत्र नम्बर २ को (क) मा १४, (ख) मा ११, क्षेत्र नम्बर ३ को (क) मा १५ र (ख) मा ८, क्षेत्र नम्बर ४ को (क) मा ९, (ख) मा ८ उमेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।

प्रदेशका ८ र प्रतिनिधिसभाका चारसहित चा३८ जना उम्मेदवारले मात्रै जमानत जोगाउन सफल भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *