एमाले मधेशको समस्याप्रति गम्भीर छ : रघुवीर महासेठ
टुडेपाटी-
जनकपुरधाम, मंसिर १६ गते ।
नेकपा एमालेका सचिव एवं मधेश प्रदेशका ईन्चार्ज रघुवीर महासेठले मधेशको समस्याप्रति एमाले गम्भीर रहेको बताएका छन् ।
प्रेस चौतारी नेपाल, धनुषाले बिहीबारध जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले सचिव समेत रहेका महासेठले मधेशको हरेक समस्याप्रति गम्भीर रहेको बताए ।
उनले जनताको विश्वास तथा भरोसामा नेकपा एमाले अगामी दिनमा खरो रुपमा उत्रने बताउदै नागरिकता समस्याको समाधान सरकार बनेको तीन महिनामा नगरेको खण्डमा पार्टी मधेश प्रदेशमा आन्दोलनमा उत्रने चेतावनी दिए ।
धनुषाको निर्वाचन क्षेत्र नंं २ मा नेकपा एमालेका उम्मेदवारलाई बल पूर्वक हराएको आरोप लगाउँदै उनले निर्वाचन आयोगको निर्देशिका विपरीतको क्रियाकलाप गरेर बलपूर्वक काँग्रेसका उम्मेदवारलाई निर्वाचित गरेको दावी गरे र्। यस विषयमा निर्वाचन आयोगले पनि सक्रियता नदेखाउनु दुःखद भएको उनको तर्क थियो ।
एमाले र जसपा गठबन्धनले चारै निर्वाचन क्षेत्रमा विजयी भएको दावी गर्दै मधेश प्रदेशमा प्रतिनिधि सभा तथा प्रदेश सभा तर्फपनि पहिलो पार्टी बनेकोमा सम्पूर्ण प्रदेशका मतदाता तथा आम जनता प्रति धन्यवाद दिए ।
उनले मधेश प्रदेशमा नेकपा एमाले ठूलो पार्टी भएकाले मुख्यमन्त्री हुने स्वभाविक भएको बताउदै यस विषयमा अरु सहयोगी दलसंग सहकार्य हुने र यसका लागि सम्पूर्ण मत परिणाम आउन जरुरी रहेको बताए ।