प्रधानमन्त्री देउवा र सिके राउतबीच भेटवार्ता, सरकारमा सामेल हुने
टुडेपाटी-
जनकपुरधाम, मंसिर १५ गते ।
प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ । कांग्रेस नेता विमलेन्द्र निधिले बिहीबार दिउँसो राउतलाई प्रधानमन्त्री निवास बालुवाटारमा गएर देउवासंग भेटवार्ता गराएका हुन् ।
भेटघाटमा सकारात्मक र परिणाममुखी वार्ता भएको निधिले ट्विटरमा लेखेका छन् । ‘ गठबन्धन र कांग्रेससंग संघीय र प्रदेश दुवै तहमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको छ’ उनले भने ।
यसअघि निधिले बुधबार पनि जनमत पार्टीका अध्यक्ष राउतसँग भेट गरेका थिए ।