रविश कुमारले अब युट्युबमार्फत् पत्रकारितालाई निरन्तरता दिने
एजेन्सी–
नयाँ दिल्ली, मंसिर १३
भारतीय पत्रकार रविश कुमारले अब युट्युब च्यानलबाटै पत्रकारितालाई निरन्तरता दिने भएका छन् ।
बुधबार एनडिटिभी इन्डिया टेलिभिजन च्यानलको कार्यकारी सम्पादक पदबाट राजीनामा दिएसँगै उनले यो घोषणा गरेका हुन्।
बिहीबार रविशले आफ्नो राजीनामाको कारण खुलाउँदै दर्शकलाई भिडिओमार्फत् सम्बोधन गरेका छन्।
भिडिओमा उनले दर्शकको स्वाभिमान, सद्भाव र मायाका लागि राजीनामा दिएको उल्लेख गरेका छन्।
एनडिटिभीमा भारतको व्यावसायिक घराना अडानी समूहको प्रवेशपछि उनले राजीनामा दिएका हुन्।
Sponsored
भारतमा नरेन्द्र मोदी सरकार आएपछि त्यहाँका धेरै पुराना सञ्चार माध्यम र पत्रकारहरू मोदी सरकारको गुणगानमा लागेका छन्।