प्रहरीले दर्ता गरेन सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गर्ने विरुद्ध जुरी
टुडेपाटी–
काठमाडौंं, बैशाख १४ गते ।
सांसद डा. सुरेन्द्र यादवको अपहरण घटनाको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । काठमाडौंको टेकु स्थित महानगरीय प्रहरीले जाहेरी लिन अस्वीकार गरेको हो ।
नेकपा सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्व आईजीपी सर्वेन्द्र खनालले आफ्नो पार्टी (तत्कालीन समाजवादी पार्टी) का सांसद तथा पूर्वस्वास्थ्य राज्य मन्त्री डा. सरेन्द्र यादवलाई अपहरण गरी बन्धक बनाएको भन्दै आइतबार जनता समाजवादी पार्टीका शीर्ष नेताहरु महानगरीय प्रहरी परिसर पुगेका थिए ।
परिसरका प्रमुख एसएसपी श्याम ज्ञवाली बाहिर भएका कारण समाजवादीका नेताहरुले झण्डै दुईघण्टा उनको प्रतीक्षा गरेको थिए ।
त्यसबीचमा परसरका एसपी सोमेन्द्रसिंह राठौरसँग समाजवादीका नेताहरु पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, शरतसिंह भण्डारी अधिवक्ता दिनेश त्रिपाठी लगायतले छलफल गरेका थिए । एसपी राठौरले घटना महोत्तरीको भएको भन्दै काठमाडौँमा दर्ता गर्न नमिल्ने जाहेरी लिन अस्वीकार गरेका थिए ।
प्रहरीले जाहेरी दर्ता नगरेपछि जसपाका नेताहरु रितै फर्किएका छन् । प्रहरीले घटनाको भएको जिल्ला महोत्तरी प्रहरीमा गएर जाहेरी दिन भनेको जसपाका नेताहरुले बताएका छन् ।
Sponsored