धनुषा १ को (क) मा धान्धली भएको आरोप
टुडेपाटी–
जनकपुरधाम, मंसिर १४ गते ।
धनुषाको निर्वाचन क्षेत्र नंं १ को (क) को मत परिणाम विवादित बनेको छ ।
नेकपा एमाले–जसपा गठबन्धनबाट जसपाका उम्मेदवार रहेका सुकेश्वर यादवले मतगणनामा धान्धली भएको आरोप लगाएका छन् ।
६ मतले पराजित भएका यादव पत्रकार सम्मेलनको आयोजना गर्दै एउटा मतदान केन्द्रमा मुचुल्का भन्दा ६० मत बढेको भन्दै पुनः मतगणनाको माग गरेका छन् ।
निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा निवेदन दिइसकेको र अब कानूनी बाटो समेत रोज्ने उनले बताए ।
पाँच दलीय गठबन्धनका माओवादीका नेता मातृका यादव र नेपाली काँग्रेसका नेता आनन्द प्रसाद ढुङ्गानाको दवावमा होहल्ला गराई संजय कुमार महतोलाई निर्वाचित भएको घोषणा गराएको आरोप लगाए ।
Sponsored
यादवले पुनः मतगणना हुँदा आउने परिणामलाई आफूले स्वीकार गर्ने बताए ।