TodayPati

सत्ता गठबन्धनमा आउन सीके राउतलाई विमलेन्द्रको प्रस्ताव

टुडेपाटी–
काठमाडौं, मंसिर १४ गते ।

नेपाली कांग्रेसका नेता विलमेन्द्र निधि र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतबीच भेटघाट भएको छ।

हालै सम्पन्न निर्वाचनमा सप्तरी २ बाट विजयी भएका अध्यक्ष राउत कांग्रेस नेता निधिलाई भेट्न उनको निवास बानेश्वर पुगेका थिए । भेटमा निधिले राउतलाई प्रतिनिधिसभामा निर्वाचित भएकामा बधाई दिँदै कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धनमा सहभागी हुन प्रस्ताव गरेको उनको सचिवालयले जनाएको छ ।

Sponsored

निधिको प्रस्तावमा सहमति जनाउँदै राउतले संघ र प्रदेश सरकार गठनमा सहभागी हुन आफू पूर्ण रुपमा सकारात्मक भएको जवाफ दिएका निधिको सचिवालयको भनाइ छ ।

बुधबार दिउँसो करिब एक घण्टा भएको लामो भेटमा निधि र राउतबीच मुलुकको समसामयिक राजनीतिका बिषयमा कुराकानी भएको थियो । भेटमा हालै सम्पन्न निर्वाचन र नयाँ सरकार गठन लगायतका बिषयमा पनि कुराकानी भएको निधिको सचिवालयले जनाएको छ ।

प्रत्यक्षतर्फ एक सिट जितेको जनमत पार्टीले समानुपातिकतर्फ हालसम्म गणना भएको मतमा थ्रेसहोल्ड पार गर्न आवश्यक तीन प्रतिशत मत पाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

One thought on “सत्ता गठबन्धनमा आउन सीके राउतलाई विमलेन्द्रको प्रस्ताव

  • November 30, 2022 at 7:15 pm
    Permalink

    Of course c. K. Raut is one of best pleasant personality and honourable people as well as govt . need to intellectual and capable p. M . Similarly c. K. Raut has all Qualities like Barak Obama

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *