TodayPati

समानुपातिकका १९ लाख ४० हजार मतको गणना गर्दा जनमत तेस्रो स्थानमा

टुडेपाटी–
जनकपुरधाम, मंसिर १४ गते ।

पहिलो पटक प्रदेश तथा प्रतिनिधिसभाको चुनावमा भाग लिएको जनमत पार्टीले प्रदेशसभा तर्फ मधेश प्रदेशमा हालसम्म गणना भएको मतपरिणाम अनुसार तेस्रो स्थानमा रहेका छन् ।

समानुपातिक तर्फ १९ लाख ४० हजार ३८ मतको गणना हुँदा नेपाली कांग्रेस सबैभन्दा बढी मतसहित पहिलो स्थान, नेकपा एमाले दोस्रो र जनमत पार्टी तेस्रो स्थानमा कायम रहेको छ ।

Sponsored

नेपाली कांग्रेसले ३ लाख ७५ हजार ९२ समानुपातिक मतसहित शिर्ष स्थानमा रहेको छ ।

यस्तै, नेकपा एमालेले ३ लाख ३८ हजार ५०८ मतसहित दोस्रो स्थानमा रहेको छ ।

पहिलो पटक चुनावमा भाग लिएको जनमत पार्टीले २ लाख ८९ हजार ३७ मतसहित तेस्रो स्थानमा रहेको छ ।

Sponsored

यस्तै, जनता समाजवादी पार्टीले २ लाख ७४ हजार ९००, एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडा (नेकपा माओवादी/नेसपा)ले १ लाख ७३ हजार ७६६, नेकपा एसले १ लाख ६ हजार २१९, लोसपापले १ लाख ४ हजार ४२९, राप्रपाले ६३ हजार ५९३, नेपाल संघीय समाजवादी पार्टीले ४८ हजार ९८१ मत प्राप्त गरेको छ ।

यस्तै, नागरिक उन्मुक्ति पार्टीले ४० हजार ९४७, बहुजन एकता पार्टी नेपालले १९ हजार ९६३ मत प्राप्त गरेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *