मधेश विरोधी ‘ट्याग’ लागेको एमाले मधेशको बन्यो सबैभन्दा ठुलो पार्टी
टुडेपाटी–
जनकपुरधाम, मंसिर १३ गते ।
मधेश विरोधी पार्टीको ‘ट्याग’ लागेको नेकपा एमाले मधेशको सबैभन्दा ठुलो पार्टी बनेको छ ।
मधेश प्रदेशका सबै क्षेत्रको मतगणना सम्पन्न भएको छ। प्रत्यक्षतर्फ प्रतिनिधिसभाका ३२ र प्रदेशसभाका ६४ वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न हुँदा नेकपा एमाले प्रतिनिधिसभाका लागि नौ र प्रदेशसभाका लागि १५ स्थानमा विजयी भएर पहिलो पार्टी बनेको छ।
विसं २०७४ को निर्वाचनमा प्रतिनिधिसभामा धनुषा ४ र सर्लाही ३ मा सीमित भएको एमालेले यो पटक ती दुवै स्थानलाई सुरक्षित राख्दै थप सात स्थानसहित नौ सिट जितेको हो।
प्रतिनिधिसभाका लागि एमालेले सिरहा १, धनुषा–३, सर्लाही–३, बारा—१,पर्सा—३,सिरहा—३, बारा—३ र महोत्तरी—१लगायत क्षेत्रमा जितेको छ। अघिल्लो पटक प्रदेशसभामा १४ सिट जितेको उक्त दलेले एक सिट थप्दै सप्तरी–१(१(, सिरहा—१(१(, सिरहा—२(२), सिरहा ३(१), धनुषा—१(१),धनुषा—२(१), धनुषा—३(२), धनुषा—४(२), रौतहट—२(१), बारा—१(१), बारा ३(१), बारा—४(१), बारा—३(२), महोत्तरी १(१) र महोत्तरी ४(१) गरी १५ स्थानमा जितेको छ।
नेपाली कांग्रेसले प्रतिनिधिसभामा सात र प्रदेशसभामा १३ स्थानमा विजयी भएर दोस्रो पार्टी बनेको छ।
जनता समाजवादी पार्टीले प्रतिनिधिसभामा छ र प्रदेशसभामा नौ सिट जितेर तेस्रो पार्टी बनेको छ।
Sponsored
लोकतान्त्रिक समाजवादी पार्टीले प्रतिनिधिसभामा तीन र प्रदेशसभामा सात स्थान जित्दै चौथो पार्टी बनेको छ।
यस्तै जनमत पार्टीले प्रतिनिधिसभामा एक र प्रदेशसभामा ६ सिटमा जित निकालेको छ ।