TodayPati

सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गर्ने दोषीहरूमाथि उजुरी

टुडेपाटी

काठमाडौं, वैशाख १४ गते ।

अाफ्ना पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गर्ने दोषीहरूमाथि कारबाहीको माग गर्दै नवगठित जनता समाजवादी पार्टीका केन्द्रीय नेताहरु प्रहरी कहाँ पुगेका छन् ।

Sponsored

आइतबार दिउँसो  उजुरीका लागि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, शरदसिंह भण्डारी, हिसिला यमि लगायतका नेताहरु काठमाडौंको टेकु स्थित महानगरीय प्रहरी परिसरमा पुगेका हुन् ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसदहरु महेश बस्नेत, किसन श्रेष्ठ र पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनालले समाजवादी पार्टी फुटाल्नका लागि सोही पार्टीका सांसद तथा पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई निवासबाटै अपहरण गरेर काठमाडौँ ल्याएको जनाता समाजवादीले आरोप लगाउँदै आएको छ।

अपहरण गर्ने नेकपाका सांसदहरु महेश बस्नेत, किसन श्रेवठ र पूर्वआईजीपी सर्वेन्द्र खनालमाथि शरीर बन्धकको मुद्द दर्ता गराउन लागेको जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *