TodayPati

धनुषा ४ बाट एमालेका रघुवीर महासेठ विजयी, महेन्द्र यादव पराजित

टुडेपाटी-
जनकपुरधाम, मंसिर १३ गते ।

धनुषा क्षेत्र नं. ४ मा फेरि नेकपा एमालेका नेता रघुवीर महासेठ विजयी भएका छन् । महासेठले ३२ हजार २३६ मत ल्याएर विजयी भएका हुन् ।

उनले त्ता गठबन्धन नेपाली काँग्रेसका नेता महेन्द्र यादवलाई १२४ मतअन्तरले पराजित गर्दै उनी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी यादवले ३२ हजार ११२ मत पाएका छन् ।

Sponsored

यस्तै तेश्रो नम्बरमा जसपाका उम्मेदवार महाजन यादवले ५ हजार २१२ मत पाएका छन् भने चौथामा स्वतन्त्र उम्मेदवार कृष्णकुमार महतो (कैँची छाप)ले ४ हजार ३४३ मत पाएका छन् ।

यसअघि २०७४ को निर्वाचनमा पनि महासेठ यादवलाई २ हजार ५४१ मत अन्तरले पराजित गरेका थिए । महासेठ २२ हजार ५३२ मत ल्याएर विजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्दी महेन्द्रले १९ हजार ९९१ मत पाएका थिए । तत्कालिन फोरमका महाजन यादवले १९ हजार ६६२ मत पाएका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *