TodayPati

मधेश प्रदेशसभामा समानुपातिक तर्फ जनमतले कति मत ल्याए ?

टुडेपाटी–
जनकपुरधाम, मंसिर १२ गते ।

मधेश प्रदेशसभामा समानुपातिक तर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी मत ल्याएका छन् ।

प्रत्यक्ष तर्फ ६३ सिटको नतिजा आइसक्दा एक सिटको मत परिणाम आउन बाँकी छ । यस्तै समानुपातिकको गणना जारी छ ।

Sponsored

समानुपातिक तर्फ कांग्रेसले ३ लाख ३८ हजार ८९५ मतसहित पहिलो स्थानमा कायम रहेको छ भने नेकपा एमालेले ३ लाख २ हजार ३७४ मत ल्याए ।

यस्तै, जनता समाजवादी पार्टीले २ लाख ४५ हजार ४४४ मत ल्याएको छ ।

पहिलो पटक चुनावमा होमिएको जनमत पार्टीले भने समानुपातिक तर्फ २ लाख ३९ हजार २५१ मत ल्याए ।

Sponsored

यस्तै, नेकपा माओवादी केन्द्र÷नेसपा १ लाख ५५ हजार ८२८, नेकपा एस ९६ लाख ८८७, लोसपाले ८५ हजार ७७, राप्रपा ५७ हजार ४०५, नेपाल संघीय समाजवादी पार्टी ४३ हजार ८३५, नागरिक उन्मुक्ति पार्टी ४० हजार ६७, बहुजन एकता पार्टी नेपालले १७ हजार १२७ मत ल्याए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *