TodayPati

प्रतिनिधिसभा सदस्यमा मधेश प्रदेशमा माओवादीको ‘पत्ता साफ’

टुडेपाटी-
जनकपुरधाम, मंसिर १२ गते ।

मधेश प्रदेशमा प्रतिनिधिसभामा माओवादीको पत्ता साफ (क्लिन स्वीप भएको छ । आठ जिल्लाको ३१ क्षेत्रको नतिजा सार्वजनिक हुँदा माओवादीले एकसिट पनि जित्न सकेन । धनुषा क्षेत्र नं. ४ को मतगणना परिणाम आउन बाँकी छ । त्यहाँ सत्ता गठबन्धन काँग्रेसका उम्मेदवार महेन्द्र यादवले अग्रता लिइरहेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठले पछ्याइरहेका छन् ।

३१ प्रतिनिधि सभा क्षेत्रको नतिजा सार्वजनिक हुँदा हालसम्म सबभन्दा बढी एमालेले ८ सिट जितेको छ । दोश्रोमा काँग्रेसले ७, तेश्रोमा जनता समाजवादी पार्टी (जसपा)ले ६, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले ३ क्षेत्रमा जित हात पारेको छ । यस्तै नेकपा एकीकृत समाजावदीले २ र स्वतन्त्रहरुले ३ क्षेत्र जितेको छ भने नेपाल समाजवादी पार्टी (नेसपा) र जनमत पार्टीले १–१ क्षेत्रमा जित हात पारेको छ ।

Sponsored

२०७४ को निर्वाचनमा चारवटा क्षेत्र जितेको थियो । माओवादी केन्द्रबाट प्रभु साह, गिरीराजमिण पोखरेल, मातृका प्रसाद यादव र रामेश्वर राय यादव लगायतले पाँच सिट जितेका थिए । तरपछिल्लो समय प्रभु साह एमालेमा गएर पुनः चुनावमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएर विजयी भएका छन् । माओवादी केन्द्रका उपमहासचिव द्वय मातृका प्रसाद यादव धनुषा १ र गिरिराजमणि पोखरेल महोत्तरी १ बाट पराजित भएका छन् ।

सत्ता गठबन्धनमा मधेश प्रदेशमा माओवादी केन्द्रले सात क्षेत्र पाएको थियो । जस मध्ये सर्लाही क्षेत्र नं. २ मा उसले डा.बाबुराम भट्टराई नेतृत्वको नवगठित नेसपाका महिन्द्र राय यादवलाई लडाएको थियो । माओवादीकै हसियाहथौडा चुनाव चिन्ह लिएर उनले लोसपाकै राजेन्द्र महतोलाई पराजित गर्दै चुनाव जिते । तर अन्य ६ वटै क्षेत्रमा माओवादीले पराजय ब्यहोरेका छन् । यसले मधेश प्रदेशमा माओवादी केन्द्रका नेताकार्यकर्तामा निराशा छाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *