धनुषा १ बाट मातृकालाई हराउदै जसपाका दिपक कार्की निर्वाचित
टुडेपाटी-
जनकपुरधाम, मंसिर १० गते ।
धनुषा क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा जनता समाजवादी पार्टी जसपाका दिपक कार्की विजयी भएका छन् । आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका प्रसाद यादवलाई ५ हजार ४८ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।
कार्कीले २७ हजार ४३१ मत ल्याएर विजयी हुँदा यादव २१ हजार ४८३ मतमा सिमित भए । तेश्रोमा जनमत पार्टीका उम्मेदवार किशोरी साहले १४ हजार ४६७ मत पाएका छन् । कार्की एमाले जसपा गठबन्धनका उम्मेदवार थिए भने मातृका पाँचदलीय गठबन्धनका ।
यसअघि २०७४ को निर्वाचनमा मातृकाले कार्कीलाई पराजित गर्दै जित निकालेका थिए ।