महोत्तरी-४ बाट प्रतिनिधिसभा सदस्यमा महेन्द्र राय विजयी
टुडेपाटी-
जनकपुरधाम, मंसिर १० गते ।
महोत्तरी क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका महेन्द्रकुमार राय निर्वाचित भएका छन् ।
निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्मेदवार सुरेन्द्रकुमार यादवलाई ४ हजार १२४ मतान्तरले पराजित गर्दै महेन्द्र निर्वाचित भएका हुन् ।
महेन्द्रले २५ हजार ४२० मत ल्याएर निर्वाचित हुँदा सुरेन्द्रले २१ हजार २९६ मतमा सिमित भए ।
यस्तै जनमत पार्टीका मनोज कुमार साहले १० हजार ३९ मत, जनता प्रगतिशील पार्टीका शिवजी यादवले ४९८ मत मात्र ल्याए । यस अघि २०७४ को निर्वाचनमा सुरेन्द्रले पाँच हजार मतअन्तरले महेन्द्रलाई पराजित गर्दै विजयी भएका थिए ।
Sponsored