TodayPati

मधेश सरकारका दुई राज्यमन्त्री पराजित

टुडेपाटी–
रौतहट, मंसिर ९ गते

मधेश प्रदेश सरकारका दुईजना बहालवाला राज्यमन्त्री पराजित भएका छन् ।

प्रदेशका कृषि राज्यमन्त्री योगेन्द्र यादव र वन राज्यमन्त्री नागेन्द्र यादव प्रदेशसभा निर्वाचनमा पराजित भएका हुन् ।

Sponsored

जनता समाजवादी पार्टी नेपालबाट रौतहट क्षेत्र १ (ख) मा उम्मेदवार बनेका कृषि राज्यमन्त्री योगेन्द्र यादव पराजित भएका हुन् । उनले ६ हजार १० मत पाए ।

क्षेत्र १ (ख) बाट कुल १२ हजार ४८९ मत ल्याएर नेपाली कांग्रेसका प्रदेश सभापति कृष्ण यादव निर्वाचित भए । उनका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उमेदवार राजेश चौधरीले ११ हजार ४०० मत पाएका थिए ।

त्यसैगरी रौतहट–३ (क) बाट एकीकृत समाजवादीका प्रदेशसभाका उमेदवार तथा राज्यमन्त्री नागेन्द्र यादव प्रदेशसभा निर्वाचनमा ७ हजार ६२२ मत प्राप्त गर्दै तेस्रो भए ।

Sponsored

यस क्षेत्रबाट स्वतन्त्र उमेदवार केशवराय चौधरी कुल १२ हजार २५५ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा निर्वाचित भए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *