TodayPati

महोत्तरी २ बाट लोसपाका नेता शरत सिंह भण्डारी भारी मतअन्तरले विजयी

टुडेपाटी–
जनकपुरधाम, मंसिर ९ गते ।

महोत्तरी क्षेत्र नं।२ बाट प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता शरत सिंह भण्डारी फेरि विजयी भएका छन् ।

भण्डारी १४ हजार ७० मतअन्तरले आफ्ना निकटतमप्रतिद्वन्द्वी तराई मधेश लोकतान्त्रिक पार्टीका उम्मेदवार डा। विजय सिंहलाई पराजित गरेका हुन् ।

Sponsored

सत्ता गठबन्धनका उम्मेदवार भण्डारीले २५ हजार १९० मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी सिंहले ११ हजार १२० मत पाएका छन् । तेस्रो नम्बरमा एमालेका उम्मेदवार डा। रामपरीक्षण यादवले १० हजार २५७ मत ल्याएका छन्।

भण्डारी यसअघि २०७४ को निर्वाचनमा यसै क्षेत्रबाट भारी मतअन्तरले विजयी भएका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *