धनुषा ३ (ख) मा परमेश्वर साहलाई पराजित गर्दै दिपेन्द्र ठाकुर विजयी
टुडेपाटी-
जनकपुरधाम, मंसिर ९ गते ।
धनुषाको क्षेत्र नं. ३ प्रदेशसभा (ख) बाट नेकपा एमालेका उम्मेदवार दिपेन्द्र कुमार ठाकुर निर्वाचित भएका छन् ।
निकटतम प्रतिस्पर्धी परमेश्वर साह सुडीलाई १ हजार ४०३ मतान्तरले हराउँदै ठाकुर निर्वाचित भएका हुन् ।
ठाकुरले ८ हजार २२० मत पाउँदा साहले ६ हजार ८१७ मत पाएका छन् ।
यस्तै जनमत पार्टीका राम बाबु साह कलवारले ३ हजार ६०५ मत, तराई मधेश लोकतान्त्रिक पार्टीका मोहम्मद असगर अली राइनले ३ हजार २११ मत र स्वतन्त्र उम्मेदवार हरि शंकर साहले २ हजार ९९८ मत ल्याए ।
यस क्षेत्रबाट २०७४ मा परमेश्वर साह तत्कालिन राजपा नेपालबाट निर्वाचत भएका थिए ।
Sponsored