उमाशंकरलाई पराजिग गर्दै धनुषा-२ प्रतिनिधिसभामा काँग्रेसका रामकृष्ण विजयी
टुडेपाटी-
जनकपुरधाम, मंसिर ९ गते ।
धनुषा निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका रामकृष्ण यादव विजयी भएका छन् ।
उनी मात्र १५७ मतअन्तरले आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उमाशंकर अरगरियालाई पराजित गर्दै विजयी भएका हुन् ।
रामकृष्णले २० हजार ११२ मत ल्याएर विजयी भने उमाशंकर १९ हजार ९५५ मत पाएका छन् ।
उमाशंकर यस क्षेत्रका निवर्तमान प्रतिनिधिसभा सदस्य हुन् भने रामकृष्ण संविधानसभा सदस्य । रामकृष्ण सत्ता गठबन्धनको माओवादी केन्द्र र लोसपाको सकहयोग थियो ।
यस्तै तेश्रो नम्बरमा नेकपा एकीकृत समाजवादीका नेता रामचन्द्र झाले १३ हजार ६०५ मत पाएका छन् भने चौथोमा जसपाका आनन्द यादव (गंगाराम)ले १२ हजार ९०१ मत ल्याएका छन् ।
२०७४ को चुनावमा यस क्षेत्रबाट उमाशंकर तत्कालिन संघीय समाजवादी फोरमबाट विजयी भएका थिए । पछि उनी उपेन्द्रलाई छाडेर महन्थ ठाकुरको लोसपा रोजे र चुनावको केहिदिन पूर्व नेकपा एमालेमा प्रवेश गरेका थिए ।
Sponsored