TodayPati

३४ हजार मतान्तरले पूर्व पत्रकार रवि लामिछाने विजयी

टुडेपाटी-
जनकपुरधाम, मंसिर ८ गते ।

भारी मतान्तरले पूर्व पत्रकार रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका छन् ।

Sponsored

लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्दा श्रेष्ठले १५ हजार ९९ मत ल्याए । श्रेष्ठ सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । नेकपा एमालेका कृष्णभक्त श्रेष्ठ १४ हजार ६४९ मत ल्याउँदै तेस्रो स्थानमा रहे ।

२०७४ सालको निर्वाचनमा चितवन(२ बाट एमालेका कृष्णभक्त पोखरेल निर्वाचित भएका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *