TodayPati

निवर्तमान मुख्यन्यायाधिवक्ता दिपेन्द्र झालाई पराजित गर्दै अभिराम शर्मा विजयी

टुडेपाटी-
जनकपुरधाम, मंसिर ८ गते ।

महोत्तरी क्षेत्र नं. ३ (क) बाट लोसपाका निवर्तमान प्रदेशसभा सदस्य अभिराम शर्मा पुनः निर्वाचित भएका छन् ।

उनले ९ हजार ८९२ मत ल्याएर जसपाका दिपेन्द्र झालाई पराजित गर्दै जित हात पारेका हुन् । मधेश प्रदेशका निवर्तमान मुख्यन्यायाधिवक्ता समेत रहेका झा ९ हजार ८८७ मत ल्याएका छन् ।

Sponsored

विजयी भएका शर्मा पूर्व राज्यमन्त्री समेत हुन् । उनी २०७४ को निर्वाचनमा यही क्षेत्रबाट विजयी भएका थिए । झा चुनावको मुखमा मुख्यन्यायाधिवक्ता पदबाट राजिनामा दिएर जसपामा प्रवेश गरी राजनीतिमा लागेका हुन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *