मधेश प्रदेशमा एकीकृत समाजवादीले खाता खोल्यो, सर्लाही १ (ख) बाट वेची निर्वाचित
टुडेपाटी-
जनकपुरधाम, मंसिर ७ गते ।
मधेश प्रदेशसभा नेकपा एकीकृत समाजवादी पार्टीले खाता खोलेको छ ।
सर्लाही क्षेत्र नम्बर १ (ख) बाट एकीकृत समाजवादीकी वेची लुंगेली विजयी भएकी छन् ।
उनले ६ हजार ६९९ मतान्तरले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी शान्ति लामालाई पराजित गरिन् । लुंगेलीले १३ हजार ६७६ मत ल्याउँदा लामाले ६ हजार ९७७ मत पाइन् ।
स्वतन्त्र उम्मेदवार राजन श्रेष्ठ ५ हजार ९४५ मत ल्याउँदै तेस्रो स्थानमा रहे । लुंगेली मधेश प्रदेशका निवर्तमान प्रदेश सांसद समेत हुन् ।