TodayPati

सप्तरी क्षेत्र नं. ३ (ख) प्रदेशसभामा जनमतका सम्भु साह विजयी

टुडेपाटी-
जनकपुरधाम, मंसिर ७ गते ।

सप्तरी जिल्लामा जनमत पार्टीले तेश्रो जित हात पारेको छ । सप्तरीको क्षेत्र नं. ३(ख) मा जनमत पार्टीका उम्मेदवार ईन्जिनियर सम्भु साह विजयी भएका हुन् ।

उनले ४८ मत अन्तरले जसपाका उम्मेदवार निवर्तमान प्रदेश सांसद विशेश्वर प्रसाद यादवलाई पराजित गर्दै विजयी भएका छन् ।
साहले १० हजार ८६२ मत प्राप्त गरेर विजयी भए भने यादव १० हजार ८१८ मत पाएका छन् ।

Sponsored

तेश्रोमा काँग्रेसका उम्मेदवार भगवती प्रसाद यादवले ९ हजार २०१ मत प्राप्त गरेका छन् ।

यसअघि क्षेत्र नं. २ को (क) र (ख) जनमतले जितिसकेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *