TodayPati

भारी मतले उपेन्द्र यादवलाई पराजित गर्दै सप्तरी २ बाट डा. सिके राउत विजयी

टुडेपाटी-
जनकपुरधाम, मंसिर ७ गते ।

सप्तरी क्षेत्र नं. २ मा जनमत पार्टीका अध्यक्ष डा. सिके राउत निर्वाचित भएका छन् । झण्डै १२ हजार मतगणना गर्न बाँकी रहँदा राउत १३ हजार ८४२ मतले अगाडि छन् ।

पछिल्लो मत परिणाम अनुसार राउत २७ हजार ९२७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार उपेन्द्र यादव १४ हजार ८५ मतमा सिमित भएका छन् । यादवलाई एमालेको साथ थियो ।

Sponsored

तेश्रो नम्बरमा सत्ता गठबन्धन लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जयप्रकाश ठाकुर ५ हजार ६५९ मत प्राप्त गरेका हुन् ।

सप्तरीको क्षेत्र नं. २ को प्रदेशसभा क्षेत्र (क) र (ख) मा पनि जनमतले जितिसकेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *