मधेश सरकारका अर्थमन्त्रीलाई हराउँदै जनमतको दोस्रो जित
टुडेपाटी–
जनकपुरधाम, मंसिर ६ गते ।
जनतम पार्टीका उम्मेदवारले मधेश सरकारका अर्थमन्त्रीलाई हराउँदै दोस्रो उम्मेदवार निर्वाचित भएका छन् ।
जनमत पार्टीका सतिश कुमार सिंह सप्तरी २ को ‘क’ बाट निर्वाचित भएका छन् ।
सिंहले ८ हजार ४४२ मतको अन्तरले निर्वाचित भएका हुन् । उनले जनता समाजवादी पार्टीका उम्मेदवार शैलेन्द्र प्रसाद साहलाई पराजित गरेका हुन् ।
सिंह १६ हजार ७३४ मत ल्याएका हुन् । भने साहले ८ हजार २९२ मत ल्याएर निकटतम प्रतिद्वन्दी बनेका हुन् ।
Sponsored