सर्लाही १ मा स्वतन्त्र उम्मेदवारको अग्रता, प्रमोद साह तेस्रो स्थानमा
टुडेपाटी–
सर्लाही, मंसिर ६ गते ।
सर्लाही क्षेत्र नं. १ स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् ।
स्वतन्त्र उम्मेदवार मान बहादुर खडका ४ हजार ११० मतसहित पहिलो स्थानमा रहेका छन् ।
यस्तै, पाँच दलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार रामप्रकाश चौधरी ३ हजार ७७५ मतसहित दोस्रो स्थानमा रहेका छन् ।
जनता समाजवादी पार्टीका प्रमोद साह २ हजार ६३६ मतसहित तेस्रो स्थानमा रहेका छन् ।
Sponsored