डा. सिके राउतको अग्रता दोब्बर मतले कायमै, उपेन्द्र ५ हजार बढी मतले पछाडि
टुडेपाटी-
जनकपुरधाम, मंसिर ६ गते ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीका उम्मेदवार डा. सिके राउत दोब्बर बढी मतले अग्रता कायमै राखेका छन् ।
पछिल्लो मतगणना परिणाम अनुसार जनमतका अध्यक्ष राउतले ११ हजार ६ सय ६९ मत ल्याएका छन् ।
दोश्रो स्थानमा जसपा अध्यक्ष यादवले भने ५ हजार ८ सय ४६ मत ल्याएका छन् । यादव राउतभन्दा ५ हजार ८ सय २३ मतले पछाडि छन् । त्यस्तै तेस्रो स्थानमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जयप्रकाश ठाकुरले २ हजार १ सय ६५ मत ल्याएका छन् ।