मधेश सरकारका अर्थमन्त्रीभन्दा जनमतका सिंह दोब्बरभन्दा बढी मतले अगाडि
टुडेपाटी–
जनकपुरधाम, मंसिर ५ गते ।
मधेश सरकारका मन्त्री जनमत पार्टीका उम्मेदवारभन्दा दोब्बरभन्दा बढी मतले पछाडि परेका छन् ।
जनमत पार्टीका सतिश कुमार सिंह २ हजार ८८६ मतसहित पहिलो स्थानमा रहँदा जसपाका शैलेन्द्र प्रसाद साह १ हजार १९७ मतसहित दोस्रो स्थानमा रहेका छन् ।
यस्तै, लोसपाका सरोज कुमार मण्डल १ हजार ३७ मतसहित तेस्रो स्थानमा रहेका छन् ।
हाल यस क्षेत्रमा मतगणना जारी रहेको छ ।
Sponsored