धनुषा ३ मा एमाले अगाडि, जनमत दोस्रो स्थानमा
टुडेपाटी–
जनकपुरधाम, मंसिर ५ गते ।
धनुषा निर्वाचन क्षेत्र नं. ३ मा नेकपा एमालेले प्रारम्भिक अग्रता लिएको छ।
जनकपुरधाम उपमहानगरपालिका १५ को मतगणना सम्पन्न हुँदा नेकपा एमालेबाट उम्मेदवार बनेकी जुली कुमारी महतोले ६०८ मत ल्याएकी छन्।
यस्तै, पहिलो पटक चुनावमा होमिएको जनमत पार्टीका शम्भुनाथ साहले ३२० र पाँच दलीय गठबन्धनबाट लोसपाका अनिल झाले ३१५ मत ल्याएका छन्।
यस्तै ८४ मत बदर भएको छ ।
Sponsored
Congratulations