मधेश प्रदेशको यी जिल्लामा मतदानको क्रममा भयो झडप, तीन राउण्ड हवाई फायर
टुडेपाटी–
जनकपुरधाम, मंसिर ४ गते ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको दिन मधेश प्रदेशको चारवटा जिल्लामा झडप भएको छ ।
प्रदेशको चारजिल्लाको ५ स्थानमा सामान्य झडप भएको प्रहरीले जनाएका छन् ।
आइतबार बिहान ७ बजेदेखि ५ बजेसम्म मतदानको लागि समय निर्धारण गरिएकोमा आठमध्ये ४ जिल्लामा सामान्य विवाद तथा झडप भएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले बारा, रौतहट, सिरहा र धनुषाको पाँच ठाउँमा सामान्य झडप भएको जानकारी दिए । झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले ३ राउण्ड हवाई फायर गरेको उनले जानकारी दिए ।
प्रहरीले सिरहामा १ राउण्ड र रौतहटमा दुई राउण्ड हवाई फायर गरेको हो ।
Sponsored