TodayPati

मतदान गर्ने समय सकियो, मतदानस्थल प्रवेश गरिसकेकोले मतदान गर्न पाउने

टुडेपाटी–
जनकपुरधाम, मंसिर ४ गते ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि तोकिएको समय सकिएको छ।

आइतबार मतदानका लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय निर्धारण गरिएकाले मतदानको समय सकिए पनि लाइनमा बसेकाहरूले भने भोट हाल्न पाउने निर्वाचन आयोगले जनाएको छ।

Sponsored

निर्वाचनमा कति प्रतिशत मत खस्यो भन्नेबारे आयोगले केहीबेरमा पत्रकार सम्मेलन गरी जानकारी गराउने छ।

प्रतिनिधिसभाका लागि १६५ निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि ३३० निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव भएको हो।

मतदान गर्न १० हजार ८ सय ९२ मतदान स्थलमा २२ हजार २ सय २७ मतदान केन्द्र निर्माण गरिएको निर्वाचन आयोगले जनाएको छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *