सर्लाहीमा फर्जी मत खसाउने दुईजना पक्राउ
टुडेपाटी–
सर्लाही, मंसिर ४ गते ।
सर्लाहीमा फर्जी मत खसाउन खोज्ने दुईजना पक्राउ परेका छन् ।
जिल्लाको बागमती र बलराबाट अर्काको नाममा मत खसाल्न खोज्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बागमती नगरपालिका १२ बथनिय प्रावि मतदान केन्द्रमा फर्जी मत खसाल्न खोजेको आरोपमा २० वर्षीय मुस्कान मोक्तान र बलरा नगरपालिका ४ जब्दी प्रावि मतदान केन्द्रमा अर्काको नाममा मत खसाल्न गएका स्थानीय २८ वर्षीय आदित्य सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका दुबैजनालाई नियन्त्रणमा राखिएको र निर्वाचन ऐन अनुसार कार्बाही गरिने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक प्रविन पोखरेलले जानकारी दिए ।
Sponsored