TodayPati

देशभर ४४ मतदानस्थलमा झडप हुँदा १५ ठाउँमा हवाई फायर

टुडेपाटी–
काठमाडौँ, मंसिर ४ गते ।

आइतबार जारी प्रतिनिधिसभा र प्रदेशसभाको मतदानको दिन २५ जिल्लाका ४४ मतदानस्थलमा झडपको स्थिति सिर्जना भएको छ।

मतदानका क्रममा विभिन्न पार्टीका कार्यकर्ताबीच विवाद भएपछि ४४ मतदान स्थानहरुमा झडप भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी टेकप्रसाद राईले बताए ।

Sponsored

यस्तै, प्रहरीले १५ ठाउँमा गोली चलाएको डीआईजी राईले जानकारी दिए।

‘झडपको अवस्था सिर्जना भएपछि अवस्था सामान्य बनाउन प्रहरीले १५ ठाउँमा हवाई फायरसमेत गर्नुपरेको छ,’ उनले भने ।

रौतहट, सिरहा, चितवन, दोलखा र बाजुरालगायतका जिल्लाहरुमा मतदानको दिन गोली चलेको हो।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *