TodayPati

मधेश प्रदेश : मौन अवधिमा प्रचारप्रसार गरेको भन्दै दुईजना पक्राउ

टुडेपाटी–
पर्सा, मंसिर ३ गते ।

स्थिर समयमा चुनावी प्रचार प्रसार गरेको आरोपमा पर्साबाट दुईजनालाई पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जगरनाथपुर गाउँपालिका–४ का ४५ वर्षीय सहवीर अहमद र सिन्धुलीको दूधौली–९ बस्ने २१ वर्षीय सवारी चालक सुरज साह रहेका छन् ।

Sponsored

पर्साको क्षेत्र नं. ४ स्थित कालिकामाई गाउँपालिका–१ मुड्लीमा गस्ती गरिरहेको नेपाली सेनाको टोलीले शनिबार दिउँसो बा १४ च ४७४८ नम्बरको गाडी चेकजाँच गर्दा गाडीबाट नक्कली मतपत्र ५९८ थान र ४ थान स्वस्तिक छाप बरामद भएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुबैजनालाई इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी दीपक गिरीले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *