मधेश प्रदेश : कांग्रेस जिल्ला उपसभापतिसहित ३ जनालाई कारबाही
टुडेपाटी–
बारा, मंसिर ३ गते ।
सत्ता गठबन्धन उम्मेदवार विरुद्ध बारा–४ मा गलत प्रचारबाजी गरेको भन्दै नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले जिल्ला उपसभापति सहित ३ जनालाई अनुशासनको कारबाही गरेको छ ।
शनिवार केन्द्रीय अनुशासन समितिले विज्ञप्ति जारी गरेर बारा जिल्ला उपसभापति अमिरीलाल राउत भेडियार (पाल), क्षेत्रीय प्रतिनिधि सुशील ढोडारी र जिल्ला सदस्य हरिप्रसाद थपलियालाई पार्टी सदस्य समेत नरहने गरी निलम्बन गरेको हो ।
बारा ४ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) हुन् ।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा (३४) बमोजिम उपसभापति पाल, थपलिया र ढोडारीको पार्टी सदस्य समेत नरहने गरी निलम्बन गर्ने निर्णय गरेको हो ।
Sponsored